नियम ५१
अनुगमन तथा मूल्याङ्कन गर्ने
शान्ति सेनामा कन्टिन्जेण्ट, स्टाफ अफिसर्स, सैनिक पर्यवेक्षक, सैनिक सल्लाहकारका रुपमा सैनिक खटाउँदा तथा वैदेशिक तालिमको लागि चयन गर्दा अवलम्वन गर्नुपर्ने आधार र मापदण्डका विषयमा सुझाव दिन र छनौट प्रक्रियाको अनुगमन तथा मूल्याङ्कन गर्न मन्त्रालयमा एक समिति रहनेछ । यस समितिको सिफारिस समेतका आधारमा मन्त्रालयले नेपाली सेनालाई आवश्यक निर्देशन दिन सक्नेछ ।